Tuesday, December 6, 2016

पुतलीको बिहे

जव हाम्रो प्रेमको
हृदयमा
जराहरु फिजारिएपछि थाहा भो
यौवनका रसहरु मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरुले
काउकुति लगाउदै गिज्याउदा

एकपल्ट फेरि उही बिगतलाई सम्झियौँ
उही स्कुल अगाडि भेट हुदा

संगै घर बाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्योँ
उनको किताव बोकिदिदा
उनी फ्रकमा मिठाइ पोको पारी
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पबित्र माया र स्नेह
मिसिएको थियो
जव हाफछुट्टी हुन्थ्यो
उसै गरि भेटिन्थ्यौँ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौँ

कैयौ पालुवा पलाए होलान
कैयौ रातहरु मरेर
दिनहरु व्युझीए होलान
संग संगै हाम्रो उमेरमा मिसिएका रंगहरुले
हाम्रो मुटुलाई रंगाउदै
सरिर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरि जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
नदिको छाल ले छुट्टाएर झैँ गरि
दुइवटा किनार बनायो


अचानक केहि वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौँ
अनि नियाली रहेका थियौ दुबैले
आफ्ना नानि बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरि पुतली को बिहे गर्यौ
उसैगरी हामि पनि एक हुनु पर्छ
जसरि पुतली लाइ एक गरायौ

हिजो जुन सपना हाम्रो थियो
आज उनिहरूको थियो
हिजो हामिले पनि
पुतलिको बिहे गराएका थियौँ
आज उनिहरूले पनि
उसैगरि बिहे गराएका छन्

रामकृष्ण अनायास
कबिडाँडा

मुक्तक,

पानि जति कन्चन होस् त्यसमा तिम्रो नाम लेखिदैन
ढुंगा जति कडा होस् त्यसमा लेखेको कहिल्यै मेटिदैन
उ भन्दैथ्यो तिमीलाई त्यो आकास पुरै ल्याइदिन्छु
जमिनमा बसेर त्यो जुन अनि तारा कहिल्यै भेटिदैन

गजल

प्यूउँछन् अनि चर्चा चलाउछन् उन्कै
धोका दिइ भन्दै तस्विर जलाउछन् उन्कै

नगर्नु गल्ति गरेछु भन्दै थप्छन् सराव
चढेपछि उल्टै तस्बिर सजाउछन् उन्कै

मुर्ति नै बनाई पुजा गरेको थे भन्छन्
पिंडामा छु भन्दै मुर्ति ढलाउछन् उन्कै

मेरो यारहरू जीवन एक्लै कटाउछु भन्दै
आफ्नै शरिर पिरै पिरले गलाउछन् उन्कै

रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु