Thursday, July 25, 2013

सम्झनाका ति आँसुलाई,भीत्रै थुन्छौ होला हरि /

सुमी मन्जरी

म मरेको दिन तिमी, कति रुन्छौ होला हरि
वियोगमा तड्पीएर बिहोस हुन्छौ होला हरि /

कैले रिस कैले माया कति सुन्दर संसार थियो
सम्झनाका ति आँसुलाई,भीत्रै थुन्छौ होला हरि /

आतिन्छौ कराउछौ अनि मेरो मुख हेर्न
रामनामी लाई फाली लास छुन्छौ होला हरि /

कोहि रोलान परिवारमा सबका आँखा मलिन हुदा
छाती पिटी आँसुले जिउ धुन्छौ होला हरि

एक्लै बस्न सक्दैनस भो सोच्नु पर्छ भन्लान
अर्की ल्याउन सबका कुरा सुन्छौ होला हरि /


बागमती साहित्य प्रतिष्ठान नेपाल,
हाल काठमाडौँ

सल्लाह सुझावको अपेक्षा राख्दछु