Thursday, October 3, 2013

सुनको महल नसकेनी आकासको छानो

गजल

घरि घरि चिहाएर तिम्रै आवाज सुन्छु सानु
भन तिम्रो आफ्नो मान्छे कैले बाट हुन्छु सानु

नशालु ति हेराई अनि अधरको मुस्कान सम्झी
मेरो मनको ढुकढुकीमा तिमीलाई थुन्छु सानु

कैले आफै बर्बराउछु कैले एक्लै टोलाउदै
नदेखेर चिच्याउदै आफै सामु रुन्छु सानु

सुनको महल नसकेनी आकासको छानो हाल्दै
तिमीलाई सजाउने सुन्दर सपना बुन्छु सानु

रामकृष्ण पौडेल अनायास



यस पालिको दशैँ मा त पक्कै आउँछु भन्थे

गजल

यस पालिको दशैँ मा त पक्कै आउँछु भन्थे
पोहर बिदा पाईन प्यारी यो साल पाउछु भन्थे

बर्ष दिनको यो चाडमा फर्क प्यारा स्वदेस भन्दा
दशैँ पनि मनाएर भाईटिका नि लाउँछु भन्थे

सम्झाउँथें गाउँमा बरु कोदालिमै रमाउला
उनि पैसा कमाएर गाउँमा खुशी छाउँछु भन्थे

आँटो पिठो मेला पर्मसंगै बसि खुशी पाउन
बोलाउदा छिटै आई रोधी सेलो गाउछु भन्थे

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर











गुलाबी ति ओठ अनि नशालु ति नयन












गजल

शिखरमा पुग्छु भन्थे बिच बाटोमै छेक्यौ
मेरो नामको अदालतमा उजुर पत्र लेख्यौ

दिल चोरेको अभियोगमा थुनाएर आखिर
हत्कडी सहित आफ्नो मनको कारागारमा भेट्यौ

स्विकार्छौ कि स्वीकार्दैनौ भन्दै प्रेम प्रस्ताब
बयान माग्दै मेरै अघि पाईला तिमि टेक्यौ

गुलाबी ति ओठ अनि नशालु ति नयन
जुदाई हेर्दा सबको नाम यो दिलबाट मेट्यौ

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज
भरतपुर



हराए लौ आज तिम्रै सहरमा

गजल

हराए लौ आज तिम्रै सहरमा
मरेछु प्रियाकै अधरको जहरमा

बिर्सेछु आफैलाई सुनेर त्यो बोलि
रमेछु तिम्रै ति गजलका बहरमा

सजाउछु भनेर मुटुको कुनामा
बनाए महल त्यो रहरै रहरमा

सबैका छन् एक आ-आफ्नै सपना
म पर्खे उनैलाई प्रेमको लहरमा

खै हात पाउछु पाउदिन आखिर
यो ''रामु'' डुबेछ प्रेमकै नहरमा


रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु