Thursday, October 3, 2013

यस पालिको दशैँ मा त पक्कै आउँछु भन्थे

गजल

यस पालिको दशैँ मा त पक्कै आउँछु भन्थे
पोहर बिदा पाईन प्यारी यो साल पाउछु भन्थे

बर्ष दिनको यो चाडमा फर्क प्यारा स्वदेस भन्दा
दशैँ पनि मनाएर भाईटिका नि लाउँछु भन्थे

सम्झाउँथें गाउँमा बरु कोदालिमै रमाउला
उनि पैसा कमाएर गाउँमा खुशी छाउँछु भन्थे

आँटो पिठो मेला पर्मसंगै बसि खुशी पाउन
बोलाउदा छिटै आई रोधी सेलो गाउछु भन्थे

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर











No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु