Sunday, May 12, 2013

नमेटिने घाउ दियौ



गीत रचनाकार : सुजन अनिमेश अधिकारी

जिन्दगीको पहिलो प्रहर्मै तिमीले,नमेटिने घाउ दियौ
मायालुको हात मागेथे मैले,धुलो टेक्ने पाउ दियौ

सुख तिम्रै भागमा पारी दु:खा आफै खेप्छु भन्थे
तिमीलाई हेरी तिम्रै रूपको मिठो मिठो गीत लेख्छु भन्थे

मायको यो अङ्गालोमा नकसिदै,कलङ्कको तितो नाउ दियौ
मायालुको हात मागेथे मैले,धुलो टेक्ने पाउ दियौ
जिन्दगीको पहिलो प्रहर्मै तिमीले,नमेटिने घाउ दियौ

भाताभुङगा भो लथालिङगा भो यो मनको तिमी बस्ने दर्बार्
बाच्नु भन्दा मर्नै निको,आउ छातिमा रोपिदेउन तर्बार्


घोचिरहने पोलिरहने बास बस्ने तिमीले कस्तो ठाउ दियौ
मायालुको हात मागेथे मैले,धुलो टेक्ने पाउ दियौ
जिन्दगीको पहिलो प्रहर्मै तिमीले,नमेटिने घाउ दियौ




मिति:२०६७-९-१६गते

सल्लाह सुझावको अपेक्षा राख्दछु