Tuesday, September 4, 2012

आँसु र हाँसो

()
आँसु हाँसो
मिलन बिछोड
गडेको प्रेम


()
अनयासको
पानामा तिम्रौ बयान
सधै भरिनै


()
जिउदो मन
जलाउदा घाटमा
तिम्रो प्रतिक्षामा

आँसुको संसारमा


आँसुको संसारमा डुबेपनि खुशि हाँसो दिन्छु
सुन्दर संसार चलाउने प्रेमको नासो दिन्छु
मेरो सारा घरवार अनि सिङ्गो संसार बेचि आखिर
आकाश धर्ति मेरो मुटु ताला अनि चाँबि दिन्छु

तिर्खाको पानी


तिर्खाको पानी  बनिदेउ तिमी
कसैको आँत भरिन्छ भने
जोवनिको भोक मेटाईदेउ तिमी
भरिएको बैँश छरिन्छ भने

कसम तोड्यौ किन

सँगै ज्युने आशा अनि वाचा कसम तोड्यौ किन
मलाई वारी पर्खाएर पारी बाटो मोड्यौ किन
झुटो संसार बनाउदै तारा आखिर चम्काएर
मृगतृष्णा रै माया मझधारमा छोड्यौ किन

सल्लाह सुझावको अपेक्षा राख्दछु