Saturday, February 3, 2018

उनि गए पछि


आज पनि उत्तिकै संझिरहेको छु
उनि गए पछि
हामीले खेलेको बगरको किनारामा,
बनाएको घर कैयौ पल्ट ढल्यो होला
तर समयले छुटाए पनि
कहिल्यै ढलेन आशाहरु
टुटेन कहिल्यै बिस्वासका ताराहरु
हामीले छोएको त्यो नदीको पानि
कैयौ संसार घुम्यो होला
त्यो भन्दा बढी घुमेको
तिम्रो स्मृति, मेरो आँखामा
आज पनि उत्तिनै साक्षि छन्
म नगएको कुनै पल रहेन
जहाँ तिम्रो हाँसो छोडिएको थियो
जहाँ तिमि र म भाँडाकुटी खेल्दा
सपनाहरु बुनेका थियौ
अनि कति पटक त तिम्रो सिउदो
बालुवाले भोरेको थिए
हो त्यहि बगर साक्षि छ
सोध नदि सँग
जहाँ मेरा आँसुहरु मिसिएका छन्
नदीमा हेर्दै आफ्नो तस्बिर सँगै सोध्थ्यौ
‘के हामि पनि माया लाइ यसै गरि
सागर सम्म पुर्याउन सक्छौ’?
आज सपना जस्तै लाग्छ होला तिमीलाई
जव क्षितिजमा घामहरु डुब्दै जान्थे
आकास बाट जुन अनि ताराले जिस्क्याउथ्यो
अनि हामि भित्र लुकेको प्रेम
छताछुल्ल धर्तीमा पोखिन्थ्यो
र उनि भित्र रहेका हिमाल पहाड
झरना छाँगा र छहरा सँग
मस्त खेलिरहन्थे
साक्षि छ त्यहि रात जुन रात हामि मातिएका थियौ
पोखिएका थियौ
आज त्यस्ता कैयौ रातहरु
एक्लै,एक्लै मारिसके
हामीले छोएको नदि सागर बनि सक्दा पनि
जुनले कैयौ रात पर्खिदा पनि
त्यहि घाम उदाउने
क्षितिजमा बुढो
रुख जस्तै भै
जहाँ बाट बिलाएकि थिइन्
त्यही उनको प्रतिक्षामा
बसिरहेको छु/

-रामकृष्ण अनायास,कविडाँडा

इज्जत लुटिएका बालिक हरुको

सदियौ देखि हुकुम चलिआएको छ मालिक हरुको
समाचार सधै बन्छ इज्जत लुटिएका बालिक हरुको
तर अन्याय सधै देखिरहने पनि मौन छन् आज
के काम हरदिन चोकमा उभिरहने सालिक हरुको


रामकृष्ण अनायास

आमाको सेतो साडी

न झुल्किदै घाम अगावै
आमा त्यो डाँडामा झुल्किएकी हुन्छिन्
एक मुठी भटमासले
आधि रात सम्म पेट धानेर
पिठ्युमा गरिबीको डोकोले
थिचेपछि
उज्यालोमा कहिल्यै छोरा छोरीको
अनुहार देख्न पाइनन् /


समयले कैयौ लाइ ठगेपनि
मेरी आमाको सिन्दुर पोते
उसैदिन लुटेको थियो
जुन दिन
मेरा बा देश मुक्तिको लागि
घर छाडेका थिए

अचेल बेगले
आँगनका डिलबाट हुइकिएका
पँजेरो हरुले
मेरी आमाको सपना उडाएका छन्
धर्ति संगै,आमाका मनहरु
हल्लाएका छन् /

यो देशले मुक्तिको स्वास फेरिपनि
मेरी आमाको सेतो साडी
कहिल्यै फेरिएन

बिचरा !
अभावले बिचल्लित बनाएको मन
भित्र भित्रै आँसु ले पुरेर
सन्तानको मन भरेकी छन्

काम मा
माइला दाइको भाले नबास्दै
झोलुङ्गोमा बैनी लाइ सुताएर
कैयौ कोस टाढा पुगेकी आमा
जुनको उज्यालोले बाटो खोज्दै
तिखा ढुंगामा नाङ्गो खुट्टाले कुल्चदै
फर्किदा आँखा भरि आँसु पार्दै
बिर्सिएर पिडाहरु
दु:खलाई पन्छाउदै
सन्तानको भोक मेटाउछिन /

आज कैयौ युग बिति सक्दा
कलम कापी ल्याउने आश्वासनमा
हिजो त्यहि बाटो हुदै गएका
मेरा बा
अनि बा गए पछि
आमाको रातो साडी खोलियो
सदनको ढोका खोलियो
तर बा लाई गाउँको ढोला कहिल्यै खोलिएन /

रामकृष्ण अनायास

मन्दिर बनाउछु

ताज महल सक्दिन सानो मन्दिर बनाउछु
तिम्रै पुजा हुनेछ त्यहाँ यौटा तस्बिर बनाउछु /

म पर्खिने छु जिन्दगि भर तिमीलाई अब
अर्को जन्ममा पहिला आफ्नै तक्दिर बनाउछु /

आखिर चढ्नै परेछ भनेपनि शुलि चढ्ने छु हेर
तर तिमीलाई पाउने म पक्कै मन्जिल बनाउछु /

आमाको निद हराएको खबर


सहर पसे गाउँमा आफ्नै खेत घर हुदा
खुशी त उतै रहेछ बा आमाको भर हुदा

म आएको पहिलो रात यति त रोइन
त्यै रात आमाको निद हराएको खबर हुदा

बैनेले हिड्ने बेला पोको थमाउदै भनिथिइन्
दाइ भोक लाग्दा खानु है लामो सफर हुदा

मैले नाखायेरै राखेको छु आज सम्म पनि
फुकाउने सकिन खान कति रहर हुदा

जव राहदानी पैसा दलालमा डुवाएपछि
कहिल्यै फर्किन सकिन गाउँ,उतै नजर हुदा

गजल , सरकार बनायो ढलायो


गयो भत्ता पचायो मात्र तालि बजाएको छ
देशको आन्दानी छैन केहि महंगी बढाएको छ

देश बनाउछु भनेर भोट खाएर गएको नेता
काठमाडौँमा आफुलाई ठुलो महल बनाएको छ

यता जनता भोकै पालमा जीवन बिताउदा खेरि
राहात ल्याउछु भन्दै गएको,सदनमा निदाएको छ

सरकार बनायो ढलायो फाइदा आफै लुटेका छन्
बिचारा गरिबले देशको लागि रगत बगाएको छ
रामकृष्ण अनायास

गजल

 व हरायौ हावा सँग

व हरायौ हावा सँग अनि सोध्छु घाम सँग बतास सँग
जुन दिन देखे तारा सँग अनि सोध्ने गर्छु आकास सँग

अनि भन्यौ खोजि हेर म तिम्रै वरिपरि आसपासमा छु
तर रहेछौ तिमि मेरो धड्कन सँग सास सँग

तिमि लाइ मुटु कलेजी दिन हर क्षण तयार थिए
त्यसैले यो समाज सँग लडेको छु जित्न साहास सँग

पाउन त हजार पाइन्छन् फरक यति हो मन मिल्नु पर्छ
बाँचीरहन्छन् युगौ युग प्रेम समन्ध,गाँसिए खास संग


 रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु