Monday, December 30, 2013

उहिल्यै मर्छु भन्थि बरा!

गजल, 


बर्षौ देखि उही सपना मैले देख्दै आएको छु
उस्ले भोगेका सबै कहानी लेख्दै आएको छु

खै कसरि बचाउन सक्छु यो समाजबाट उसलाई
उस्कै छिमेकी बाट लुटिदा पनि छेक्दै आएको छु

बिचरी के गरोस् नारि भएकै कारण लुटिदा खेरि
रुदै बगाएका ति आँसुमा टेक्दै आएको छु

के देला न्याय यो राज्यले म लडेको पनि ब्यर्थ भो
उहिल्यै मर्छु भन्थि बरा!आजसम्म भोग्दै आएको छु

रामकृष्ण पौडेल ''अनायास''

लिलामीमा ईज्जत किन्दै कुट्यो शहरले

गजल, 

गरिबको सपना बिच सडकमै लुट्यो शहरले
बाँच्नै गाह्रो निर्धोलाई झन् चुट्यो शहरले

तड्पिएर मर्छन् कति महंगीको मारमा परि 
जोस जाँगर मेहनत सब,धुत्यो शहरले

शरिरको नी मोल तोल हुन्छ सोझा लाई फसाएर 
लिलामीमा ईज्जत किन्दै कुट्यो शहरले

आफ्नो पराई भन्दैनन् कोहि स्वार्थि बन्दै जादा 
आफन्तको नाता अनि सम्बन्ध छुट्यो शहरले

रामकृष्ण पौडेल ''अनायास''

Tuesday, December 24, 2013

छुट्टै संसार बनाउछु

गजल 

बगरमा बालुवाको घर बनाउन खोज्दैछ उ
र त अरुको बस्तीमा आगो लगाउन सोच्दैछ उ /

जमिनमा टेकेर आसमान छुन्छु भनि कराउदै
दिउदै तारा आकाशको खसाउन घोच्दैछ उ /

छुट्टै संसार बनाउछु भन्छु पुरानो जलाएर
आफै झोसी अरुलाई फसाउन खोज्दैछ उ /

सपना देख्न नपाउदै महल आँदिले ढलाउदा
बिकल्पमा आफ्नै घमण्ड जलाउन खोज्दैछ उ /

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

Monday, December 23, 2013

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु

गजल

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु
भोको पेटमा पानि भन्दै मरिरहेको देख्छु

हे प्रभु ! अझै दु;ख देउ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु

धनि हुन्थ्यो होला आँसुको मूल्य पर्ने भए आखिर
त्यो पियर नै उसको जिबन टरिरहेको देख्छु

बाँचुन्जेल ईज्जत बचाउनै पर्यो भन्दै उस्ले
यौटै बस्त्र सधै टाल्ने काम गरिरहेको देख्छु

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

जिन्दगीका हर खुशि

मुक्तक 

जुन पठाईदिन्छु,तिमीलाई तारा पठाईदिन्छु
जिन्दगीका हर खुशि सारा पठाईदिन्छु /
तिमिपनि आउछ्यौ भने आउप्रिया मै संग
यहाँ सम्म आउने गाडी,भाँडा पठाईदिन्छु /

''अनायास''

Sunday, December 22, 2013

माया प्रेमको मामिला हो

शेरहरु

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

यादले बादी पोल्छ

मुक्तक

आगोले भन्दा यादले बादी पोल्छ
आँसु का ढिकाले हेर यहि बोल्छ
मूल्य हुदोहोत आँसुको धनि हुन्थे
साँझमा सराबले सबै व्यथा खोल्छ
''अनायास''

आँसु बगाएको सम्झिन्छु

गजल

एक्लै बसी तिमी सँग आँसु बगाएको सम्झिन्छु
कैले भाँडाकुटी खेल्दै भात पकाएको सम्झिन्छु

पर्खाउथ्यौ बोलाएर भेट्दा एक्कासी रिसाउथे
आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु

लुकीलुकी भेट्ने ठाउँ नारायणीको किनारमा
ढुंगापारि लुकी खोज्दा थकाएको सम्झिन्छु

जिस्किएर भन्थ्यौ आखिर दिलमा खोप्छु तिम्रै नाम
मन्दिर देख्दा भित्तामा नाम सजाएको सम्झिन्छु

रामकृष्ण पौडेल अनायास
गजलकुञ्ज भरतपुर

गजल

केवल मायाको जोडी रम्ने एक सहर खोज्दैछु
दुवै हराउने यहाँ मिठो प्रहर खोज्दैछु

प्रेमको प्याला पिलाएर बचाउनेछु साथ दिन्छौ भने
मेरो आँखामा जुदाएर हेर्न सक्ने मिठो नजर खोज्दैछु

बसन्तमा फक्रिएको कोपिलाझै यौवन आखिर
रंगीचंगी पुतलीको उड्ने जस्तै लहर खोज्दैछु

बाँचुन्जेल यौटै मुटु अमर जोडी बनाउन
हाम्रो देह पछि पिरतीको बग्ने नहर खोज्दैछु /


रामकृष्ण पौडेल अनायास

गजलकुञ्ज, भरतपुर





मेरो बेपत्ता पारिएको छोरो

गजल,

खै कहाँ छ देखाउ मेरो बेपत्ता पारिएको छोरो
भोटदिन्छु तिम्लाई फिर्ता गर्छौ भने मारिएको छोरो

काख रित्तो बनायौ सिंउँदो पुछ्यौ मेरी बुहारीको
मुख सम्म हेर्न दिएनौ पापी शारीर अन्तै छाडिएको छोरो

आफ्नै झोली भोर्छौ के बन्ला र संबिधान आखिर
लेख घोषणा पत्रमा व्युताई दिन्छौँ तिम्रो गाडिएको छोरो

मिठा कुरा गर्छौ जीत्छौ नसके हत्या,हिँसा गर्छौ
के दिन्थ्यौ र श्रीमति आमा बाट आज टाडिएको छोरो /

http://ramkrishnakapana.blogspot.com/
रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज, भरतपुर चितवन

पराईको सिउँदोमा हात म कसरि लान सक्छु



गजल, 

पराईको सिउँदोमा हात म कसरि लान सक्छु
नसोचहै डोली बोकी अन्तै आखिर जान सक्छु

संगै बाँच्ने संगै मर्ने बाचाकसम बिर्सिएर
सोच्न पनि सक्दिन है सबको जुठो खान सक्छु

मुटु धड्कन मैले फेर्ने हरेक स्वासमा तिमिनै छौ
के गरेर अरु संग स्वाहाग मैले मान्न सक्छु

बिस्वास गर नमान है शंका कत्ति यो मायामा
मनले दिन्न अरुलाई जिबन साथी ठान्न सक्छु

रामकृष्ण पौडेल अनायास

मेरो आँसु झर्दा खेरि


रामकृष्ण पौडेल ''अनायास''

पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि
सबका चेहरा मलिन हुन्छन् मेरो आँसु झर्दा खेरि

जस्लाई मुटु ठान्थे मैले उसैसंग छुट्दा आखिर
ढल्छु होला देखेर म स्वयम्बर गर्दा खेरि

युगौ युग बाँच्नु तिमि म जलेर गएपनी
खुशी हुनु सुहाग संग मेरो प्राण मर्दा खेरि

कति काखमा संगै बसी कैयौ दिन कटाएका
याद आउला मेटाईदेउ तल बेशी झर्दा खेरि

गजलकुञ्ज

धरौटीमा छाड बरु

गजल, 

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु 

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

अधरको मुस्कान

गजल, 

जादु रैछ त्यो नजरमा हेरेपछि बहकिन्छु
अधरको मुस्कान तिम्ले फेरेपछि बहकिन्छु

हराउछु आफै भित्र बनाउदै तिम्रो तस्बिर
यो आँखाले मनमा रुप केरेपछि बहकिन्छु

बर्बराउछु एक्लै अचेल सपनीमा हराउदै
आउथ्यौ तिमि आँचलले बेरेपछी बहकिन्छु

रामकृष्ण पौडेल अनायास

बियोगीलाई पनि राहत दिनु पर्छ सरकार

मुक्तक

बियोगीलाई पनि राहत दिनु पर्छ सरकार
जो पिडित छ उसैकोनै भत्काईदिन्छन घरबार
कस्तो अन्याय सहनु पर्यो प्रभु मैले
टुक्रिएको मुटुमा झन् चलाई दिन्छन तरबार /

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै

गजल

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै
हेर संसार दौडिएको पछि पछि धनका सबै

आलो घाउमा महंगीले बेला बेला छर्दा नुन
कठै भन्ने कोहि छैनन् आफ्ना आफ्ना पनका सबै

दैब पनि हाँसी बस्छ अभागीको घर जल्दा
मलिन देक्छु मैले आज चेहेरा ति जनका सबै

भोको पेट मर्दा यहाँ धनिकै छ चर्चा अचेल
दया माया देखाउने खै छैनन् यहाँ तनका सबै


रामकृष्ण पौडेल 'अनायास'


पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि

पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि
सबका चेहरा मलिन हुन्छन् मेरो आँसु झर्दा खेरि

जस्लाई मुटु ठान्थे मैले उसैसंग छुट्दा आखिर
ढल्छु होला देखेर म स्वयम्बर गर्दा खेरि

युगौ युग बाँच्नु तिमि म जलेर गएपनी
खुशी हुनु सुहाग संग मेरो प्राण मर्दा खेरि

कति काखमा संगै बसी कैयौ दिन कटाएका
याद आउला मेटाईदेउ तल बेशी झर्दा खेरि 

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

Saturday, November 9, 2013

"अभिलासी" का अभिलाषा

         
गजल
बालिका अभिलासी 

प्रिय मनको राजा तिमीलाई खास बनाउछु म
अनि मेरै प्रेमको सर्वोपरी दास बनाउछु म

म त जुन हुँ सधैं तिम्रो साथ नरहन नि सक्छु
तर चिन्ता नलेउ तिम्लाई आकाश बनाउछु म

खेल्न सक्छौ मेरो मुटुको डन्डिवियो तिमी आँफैले
तर त्यो भन्दा पहिले तिम्लाई तास बनाउछु म

पुर्व जन्ममा दिएको घात कहाँ भुलेकी छु र ?
बदलामा तिम्लाई आज ज्यूदो लास बनाउछु म

"अभिलासी" का अभिलाषा बाँकी छन तिमी प्रतिका
हेर्दै जाउ तिम्रो जीबन सत्यनास बनाउछु म

भरतपुर चितवन

Wednesday, November 6, 2013

मेरो पिउने बानी


गजल 

-आशिष दनाई 
मेरो पिउने बानी आजको हैन
देख्यौ आँखामा पानी आजको हैन

तिम्रो तस्बिरहरु जलाईसकेँ 
उ हेर त खरानी आजको हैन

तिमी त अझैपनी उस्तै रहिछ्यौ 
यस्तो आनाकानी आजको हैन

मैले बिर्सेको छैन, बिर्सने छैन 
त्यो प्रेम कहानी आजको हैन

-बेसिसहर लमजुङ

स्वतन्त्र चरीको आकास खोसियो




गजल 
स्पन्दन साईला 

हेर्दा हेर्दै रातो मधुमास खोसियो ल हेर
झुपडीको बास सहर खोसियो ल हेर

अभाबमा बाँचेर जसले पसिना बगायो
बदलामा उसैको बास खोसियो ल हेर

दु;खीहरु पो कसरि बाच्न सक्छन अब
पसिनाको मूल्य खास खोसियो ल हेर

फूल र पात हरु नाच्न छाडीसके अचेल
हो मन्द हावाको आभास खोसियो ल हेर

खोस्न अब के रहयो र बाँकि उजाड छा दुनिया
स्वतन्त्र चरीको आकास खोसियो ल हेर 

धरान

वेबारिसे पत्रको खाम बनेर आउँदै छु म,,

गजल

वेबारिसे पत्रको खाम बनेर आउँदै छु म,,
जाडो याममा पारीलो घाम बनेर आउँदै छु म।।

अब कोही हराउदैनन्, अब कोही मारिदैनन्,,
अपहरित सिताको राम बनेर आउँदै छु म।।

मुर्ती दिउँसो हराउँछ साँझ रुन्छ पूजारी,,
आस्तिकलाई पूजा गर्ने धाम बनेर आउँदै छु म।।

कैयौ गरीब मर्दै छन छाक टार्नै नसकेर,,
अब तिन्कै आहारालाई माम बनेर आउँदै छु म।।

दिनानुदिन बड्दै छन बिदेसिने सक्तिहरु,,
अब छिट्टै बेरोजगार्लाई काम बनेर आउँदै छु म।।

तिलक भट्टराई "अन्जान"
रामनगर १ भुमही,नवलपरासी
हाल (सिड्नी, अष्ट्रेलिया)

Sunday, October 27, 2013

शिरमा सिन्दुर छारियोस

गजल
-निर्मल पौडेल /एन .पी .घायल

मेरो लाशमा आबिर तिम्रो शिरमा सिन्दुर छारियोस एकैदिन ।
तिम्रो जन्ती अनि मेरो मलामीले बाटो भरियोस एकैदिन ।

थाकीसके घाती पिरतीमा चाहन्छु अब अन्त्यमा यो ।
सुहागमा तिम्रो कुमारीत्व घाटमा मेरो जिबन हरियोस एकैदिन ।।

म जाउला अर्कै संसार तिमि जाऊली मायाको घर ।
तिम्रो डोली मेरो लाश एकै बाटो झरियोस एकैदिन ।

दिलाऊछ याद संस्कृतिले कालो दिनको अबश्यनै ।
तिम्रो बिहेको बार्षिक उत्शब मेरो श्राद्द गरियोस एकैदिन ।।

Sunday, October 6, 2013

आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु


गजल

एक्लै बसी तिमी सँग आँसु बगाएको सम्झिन्छु
कैले भाँडाकुटी खेल्दै भात पकाएको सम्झिन्छु

पर्खाउथ्यौ बोलाएर भेट्दा एक्कासी रिसाउथे
आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु

लुकीलुकी भेट्ने ठाउँ नारायणीको किनारमा
ढुंगापारि लुकी खोज्दा थकाएको सम्झिन्छु

जिस्किएर भन्थ्यौ आखिर दिलमा खोप्छु तिम्रै नाम
मन्दिर देख्दा भित्तामा नाम सजाएको सम्झिन्छु

रामकृष्ण पौडेल अनायास
गजलकुञ्ज भरतपुर 

Thursday, October 3, 2013

सुनको महल नसकेनी आकासको छानो

गजल

घरि घरि चिहाएर तिम्रै आवाज सुन्छु सानु
भन तिम्रो आफ्नो मान्छे कैले बाट हुन्छु सानु

नशालु ति हेराई अनि अधरको मुस्कान सम्झी
मेरो मनको ढुकढुकीमा तिमीलाई थुन्छु सानु

कैले आफै बर्बराउछु कैले एक्लै टोलाउदै
नदेखेर चिच्याउदै आफै सामु रुन्छु सानु

सुनको महल नसकेनी आकासको छानो हाल्दै
तिमीलाई सजाउने सुन्दर सपना बुन्छु सानु

रामकृष्ण पौडेल अनायास



यस पालिको दशैँ मा त पक्कै आउँछु भन्थे

गजल

यस पालिको दशैँ मा त पक्कै आउँछु भन्थे
पोहर बिदा पाईन प्यारी यो साल पाउछु भन्थे

बर्ष दिनको यो चाडमा फर्क प्यारा स्वदेस भन्दा
दशैँ पनि मनाएर भाईटिका नि लाउँछु भन्थे

सम्झाउँथें गाउँमा बरु कोदालिमै रमाउला
उनि पैसा कमाएर गाउँमा खुशी छाउँछु भन्थे

आँटो पिठो मेला पर्मसंगै बसि खुशी पाउन
बोलाउदा छिटै आई रोधी सेलो गाउछु भन्थे

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर











गुलाबी ति ओठ अनि नशालु ति नयन












गजल

शिखरमा पुग्छु भन्थे बिच बाटोमै छेक्यौ
मेरो नामको अदालतमा उजुर पत्र लेख्यौ

दिल चोरेको अभियोगमा थुनाएर आखिर
हत्कडी सहित आफ्नो मनको कारागारमा भेट्यौ

स्विकार्छौ कि स्वीकार्दैनौ भन्दै प्रेम प्रस्ताब
बयान माग्दै मेरै अघि पाईला तिमि टेक्यौ

गुलाबी ति ओठ अनि नशालु ति नयन
जुदाई हेर्दा सबको नाम यो दिलबाट मेट्यौ

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज
भरतपुर



हराए लौ आज तिम्रै सहरमा

गजल

हराए लौ आज तिम्रै सहरमा
मरेछु प्रियाकै अधरको जहरमा

बिर्सेछु आफैलाई सुनेर त्यो बोलि
रमेछु तिम्रै ति गजलका बहरमा

सजाउछु भनेर मुटुको कुनामा
बनाए महल त्यो रहरै रहरमा

सबैका छन् एक आ-आफ्नै सपना
म पर्खे उनैलाई प्रेमको लहरमा

खै हात पाउछु पाउदिन आखिर
यो ''रामु'' डुबेछ प्रेमकै नहरमा


रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

Monday, September 16, 2013

तिम्रै आवाज सुन्छु सानु


घरि घरि चिहाएर तिम्रै आवाज सुन्छु सानु 
भन तिम्रो आफ्नो मान्छे कैले बाट हुन्छु सानु

नशालु ति हेराई अनि अधरको मुस्कान सम्झी
मेरो मनको ढुकढुकीमा तिमीलाई थुन्छु सानु

कैले आफै बर्बराउछु कैले एक्लै टोलाउदै
नदेखेर चिच्याउदै आफै सामु रुन्छु सानु

सुनको महल नसकेनी आकासको छानो हाल्दै
तिमीलाई सजाउने सुन्दर सपना बुन्छु सानु

रामकृष्ण पौडेल अनायास
गजलकुन्ज

पत्र साहित्य

 पत्र साहित्य 



साथी क्षितिज पारिकै परिबेस बाट भएपनी अल्पकालीन जिन्दगीको दिर्घकालिन  सम्झना सुनाईदेउ है उनलाई भनिदेउ केहि लेख्न खोज्दै थियो उसका औला हरु कपिरहेका थिय मुटुको धड्कन  बाहिरै सुनिएको थियो अनुहार मलिन थियो, अनि सम्झाई दिनु उनलाई मेरो ब्यबहारले उनको कोमल हृदय  कति दुखिरहेको होला बास्तबमा यो सब मेरो कारणले भएको हो आज नचाहदा  नचाहदै  आज उनि बाट टाढा बन्न खोज्दै छु जति उनको समिप हुन्थ्ये मैले संसार बिर्सन्थे  मेरै लागि उनि भगवानले बनाईदिएका हुन् जस्तो लाग्थ्यो    /  कुरा कानी हुदा यौटा  बालक आमा बाबुको काखमा बसेर लोरी सुनेरहेको जस्तो मा मा अनुभब हुन्थ्यो  मैले मेरो रमाइलो  समय बिताउने मान्छे होइन मेरो जिन्दगि बनाइदिने यउटा अभिभावक फेला  पारे जस्तै लाग्थ्यो   मित्रता निकै गहिराईमा पुग्न नपाउदै  थाहा पाए उनि कसैको भैसकेकी रहेछिन सायद कमजोर मुटु हुने हरु त्यतिनै बेला आत्महत्या गर्थे होला तर मैले आफ्नो मनलाई बिस्तारै  बुझाउदै आए  सिन्दुर लगाउन नपाएपनि स्वच्छ पबित्र साथीको नाता नि प्रेमनै बिबाह हो भन्नेहरुका लागि ठुलो झटारो  पनि प्रहार गरे मैले त्यागमा पनि पबित्र प्रेम हुन्छ  बल्ल थाहा पाउदैछु तर उनि कसैको जिबन साथी बन्दैछिन  भन्ने थाहा पाउदा पिडा किन हुदैनथियो बास्तवमा हृदय देखिनै मन परेको मान्छे आफ्नो अंगालोमा बेरिएर सात जन्म बाँच्ने ईच्छा कसको हुदैनथ्यो   नचाहेरै भएपनी अब दुरी टाढा बनाउन पर्छ  भन्ने लाग्यो किनकि मेरो कारण ले उसको जिन्दगीमा पछि  कुनै समस्या नआओस उनीहरु को माया सम्बन्ध मा मेरो अबको एकोहोरो प्रेमले नजलाओस त्यसैले हरेक कुरामा टाढा टाढा हुने प्रयास गर्दैछु हिड्ने केहि  बाटोमा उनि नआउन भन्ने चाहन्छु केहि  बाटा हरु बन्द पनि गर्ने प्रयास गर्दैछु  मैले गरेका बन्द बाटाहरु देखेर पक्कै प्रति उनको मनमा घ्रणा पनि पैदा होस् नत्र यो हजारौ बाटोको प्रत्येक  घुम्तीमा भेट हुनेहो भने मैले गर्ने प्रेम बढ्दै जान्छ अनि प्रेममा मन एक्लै तडपिन्छ उनको चेहेरा देख्ने बित्तिकै  भक्कानिन्छु अनि आँखाको परेली हरु कहिल्यै ओभानो हुन पाउनेछैनन्  पनि उनको प्यारमा तड्पियर  आफ्नो शरीरको अन्त्य  आफै बाट गर्नु पर्ने दिन नआउला भन्न सकिदैन तेसैले भेट नहोस नै भन्न खोजेर उनि बाट टाढा टाढा हुदैछु  बनाउदै छु  तर उनि प्रति को माया कहिल्यै  मार्न पनि सक्दिन कुनै कुनै जन्ममा पक्कै मेरो हुनेछिन  भन्ने आश ले तर यो जन्ममा उनीहरुको माया प्रेम को पुजारी बन्नेछु उनीहरुको जिबन सफल पनि होस् यहि सफलताको कामना गर्दै यो जन्म भोरी बसिरहने अरे भनेर भनिदेउ  है साथी उही ………………………… लाई 
 ''''अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु