Wednesday, November 6, 2013

वेबारिसे पत्रको खाम बनेर आउँदै छु म,,

गजल

वेबारिसे पत्रको खाम बनेर आउँदै छु म,,
जाडो याममा पारीलो घाम बनेर आउँदै छु म।।

अब कोही हराउदैनन्, अब कोही मारिदैनन्,,
अपहरित सिताको राम बनेर आउँदै छु म।।

मुर्ती दिउँसो हराउँछ साँझ रुन्छ पूजारी,,
आस्तिकलाई पूजा गर्ने धाम बनेर आउँदै छु म।।

कैयौ गरीब मर्दै छन छाक टार्नै नसकेर,,
अब तिन्कै आहारालाई माम बनेर आउँदै छु म।।

दिनानुदिन बड्दै छन बिदेसिने सक्तिहरु,,
अब छिट्टै बेरोजगार्लाई काम बनेर आउँदै छु म।।

तिलक भट्टराई "अन्जान"
रामनगर १ भुमही,नवलपरासी
हाल (सिड्नी, अष्ट्रेलिया)

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु