Wednesday, November 6, 2013

स्वतन्त्र चरीको आकास खोसियो




गजल 
स्पन्दन साईला 

हेर्दा हेर्दै रातो मधुमास खोसियो ल हेर
झुपडीको बास सहर खोसियो ल हेर

अभाबमा बाँचेर जसले पसिना बगायो
बदलामा उसैको बास खोसियो ल हेर

दु;खीहरु पो कसरि बाच्न सक्छन अब
पसिनाको मूल्य खास खोसियो ल हेर

फूल र पात हरु नाच्न छाडीसके अचेल
हो मन्द हावाको आभास खोसियो ल हेर

खोस्न अब के रहयो र बाँकि उजाड छा दुनिया
स्वतन्त्र चरीको आकास खोसियो ल हेर 

धरान

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु