Wednesday, November 6, 2013

मेरो पिउने बानी


गजल 

-आशिष दनाई 
मेरो पिउने बानी आजको हैन
देख्यौ आँखामा पानी आजको हैन

तिम्रो तस्बिरहरु जलाईसकेँ 
उ हेर त खरानी आजको हैन

तिमी त अझैपनी उस्तै रहिछ्यौ 
यस्तो आनाकानी आजको हैन

मैले बिर्सेको छैन, बिर्सने छैन 
त्यो प्रेम कहानी आजको हैन

-बेसिसहर लमजुङ

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु