Sunday, October 27, 2013

शिरमा सिन्दुर छारियोस

गजल
-निर्मल पौडेल /एन .पी .घायल

मेरो लाशमा आबिर तिम्रो शिरमा सिन्दुर छारियोस एकैदिन ।
तिम्रो जन्ती अनि मेरो मलामीले बाटो भरियोस एकैदिन ।

थाकीसके घाती पिरतीमा चाहन्छु अब अन्त्यमा यो ।
सुहागमा तिम्रो कुमारीत्व घाटमा मेरो जिबन हरियोस एकैदिन ।।

म जाउला अर्कै संसार तिमि जाऊली मायाको घर ।
तिम्रो डोली मेरो लाश एकै बाटो झरियोस एकैदिन ।

दिलाऊछ याद संस्कृतिले कालो दिनको अबश्यनै ।
तिम्रो बिहेको बार्षिक उत्शब मेरो श्राद्द गरियोस एकैदिन ।।

सल्लाह सुझावको अपेक्षा राख्दछु