Sunday, March 16, 2014

मैले त छोरा लाई स्कुल पठाउनै छाडिदिए

रामकृष्ण ''अनायास''

रातारात महंगी बढायो यो सरकारले
एकछाक छाड्नु पर्ला भन्दैथ्यो सधियारले

मैले त छोरा लाई स्कुल पठाउनै छाडिदिए
थेग्नै गाह्रोभो अब सिमा नाघेपछि बजारले

नया नेपाल बहाना मात्रै रहेछ नेताको
मुकुट हराउदा झन् धिक्कार्दै छ दरवारले

गल्ति गर्नेको राजा चल्छ देशमा अचेल
त्यसैले अपराधि पाउनै छाड्यो कारागारले

कबिडाँडा

सल्लाह सुझावको अपेक्षा राख्दछु