Thursday, February 20, 2014

''अस्थित्त्व'' उहि प्रिय आदि गोरेटो बाट

कविता - अस्थित्त्व

आफु हिड्ने जिन्दगीको गोरेटो खोज्दा
केहि पाउने आशमा केहि हराएको छु
केहि गुमाएको छु त केहि पाएको छु
मैले देखेका सारा सपना हरु त केवल
हिजो बगरमा बालुवाले बनाएको घर जस्तै
सुर्य उदाउन नपाउदै
खै कता बिलाएको छ /
म आफ्नै पहिचान खोजिरहेको छु यति बेला
मलाई सोधेकाछन् उल्टै ति गोरेटा हरुले
म निशब्द छु किनकि अझै भेटिएको छैन
मेरो पुराना केहि डोबहरु
खै थाहा छैन अझै अनगिन्ति छन्
मैले देखेका यि गोरेटाहरु
न त चोक चोकमा लेखेएको नै छ
कहाँ पुगिन्छ भनेर /
कैयौ थकानका सुस्केरा सुस्ताउदै
मैले देखेको सपनाको स्पर्श लत्याएर
अर्को थरिको सपना खोज्न हिंडे
त्यही गोरेटो हरुमा /
कैयौ ठाउमा लिलामी नभएका पनि होईनन्
आफ्नै चाहनाहरु
कैयौ ठाउमा ईच्छा मेटाउदै तिर्खाएका मनहरु
पुन फर्कन्छन् उहि गोरेटोहरुमा /
कहिले मन भित्रको आवेगले तताउथ्यो त
कहिले सफरको चरम उत्कर्स संगै
भत्किन लागेको मनको पहाडले सताउथ्यो
मैले देखेको आदि बाटो जोगाउनु छ अब
जिन्दगीको गोरेटो खोज्दा,
आफु नामेटिदै बाँकि रहेको
अस्थित्व रक्षा गर्न म फर्खेर आएको छु
उहि प्रिय आदि गोरेटो बाट

रामकृष्ण पौडेल 'अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु