Sunday, April 7, 2013

तारिक धाउँदै छु

आज पनि उही पुरानै तारिक खेपी धाउँदै छु
पत्र काटी बोलाउदा अदालतमा आउदै छु

हिरासतमा थियो मन धरौटीमा छाड्ने भन्छन
सबुत प्रमाण प्रेम पत्र एक एक गरी पाउँदै छु

कट्घरामा उभ्याएर दुधको दुध छुट्टा भन्छन्
गीता भाकी बेकसुरी बयान सबै गाउँदै छु

फैसलामा मन चोर्ने अपराधी हो भन्दै
पत्रिकाको पहिलो पेचमै चारैतिर छाउदै छु

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

अभागीको संसार

आखिर सबै संसार मास्ने हुन्छन् अभागीको
पिर ब्यथा मनका कस्ले, सुन्छन् अभागीको ।

जो ओराली लागेको छ त्यसैलाई खेद्दै सबले
बिना काममा फसाउँदैजाल, बुन्छन् अभागीको ।

लात मार्दै दबाउछन् निर्दो हार्नै पर्ने आखिर
अन्यायमा बोल्ने मुख थुन्छन् अभागीको ।

संसारको रीतै यस्तै कस्लाई दोष दिनु यहाँ
चोट दिदै घाउ बिचमै, छुन्छन् अभागीको ।

के दिन्थे र गरी खान जलाउछन बस्ती सारा
भएको त्यै भाग्य पनि धुन्छन् अभागीको ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर-१३, कैलाशनगर चितवन
गजलकुन्ज

निकास लिई आउँछु

पर्ख आमा एउटा म निकास लिई आउँछु
बुद्ध सीता शान्ति भन्दै बिकास लिई आउछु ।

आँङ ढाक्ने बस्त्र अनि तिम्रो ईज्जत लुट्न खोज्दा
कालो बादल च्याती भिन्नै, आकाश लिई आउँछु ।

अन्याय र अत्याचारले सीमा नाग्दै जादा आखिर
भ्रष्ट्र जाली खेद्न जन, मास लिई आउँछु ।

मुक्ति म दिलाउँछु बाँधिएको जन्जिरबाट
त्यति बेला खुशी हर्ष उल्लास लिई आउँछु ।

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

प्रेम पत्रको खात तिम्रो

चाँद खोज्दैछ आज अन्धकारमा साथ तिम्रो
उता जुन टुलुटुलु हेरि सुन्छ, बात तिम्रो

स्वयम तिमी चम्कन्छौ अँधेरी यो प्रहरमा
प्यारले जगत उज्यालो दिन्छौ कस्तो मात तिम्रो

ढल्छ किरण बिहानीको क्षितिजपारि सानो गाउँमा
अनि खोतल्छु एक्लै प्रेम पत्रको खात तिम्रो

म पनि संसार भुल्छु तिम्रो साँझको आगमनमा
किनकि मेरो स्पर्षमा साथ हुन्छ माथ तिम्रो

प्राणनै हर्छौ म खप्न सक्दिन धेरैबेर
जब मेरो शरीरलाई सुमसुम्याउँछ हात तिम्रो

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

चन्द्र सुर्य ढलेको देखेँ

सपनिमा चन्द्र सुर्य ढलेको देखेँ
आफ्नै देश आज आखिर जलेको देखे ।

बुद्ध बेचे मेचि कोशि तराई टुक्रा पारौ भन्दा
भागबन्डा नमिलेसि आगो बलेको देखेँ ।

लुछाचुडी बन्द जामले अर्थतन्त्र सुक्न लाग्दा
नेपाल भित्र बिदेशीको झन्डा गडेको देखेँ ।

छट्पटाउँछु तड्पीन्छु लुटीएको देख्दा खेरि
मातृभुमि नेपाल आमा मैले गलेको देखेँ ।

गजलकुन्ज ,चितवन
रामकृष्ण अनयास
गजल
रामकृष्ण पौडेल "अनयास"

आफ्नो डोली आज आफै पराईलाई आन्माउनु
ठुलो घरमा सुखी संसार उस्कै सन्तान जन्माउनु ।

समाजले केही गरि दोषि तिम्लाई ठान्यो मने
मेरै बद्नाम गरि आखिर नाम तिम्ले कमाउनु ।

सँगै ज्युने मर्ने वाचा ,कसम सवै तोडेपनि
अतित सारा बिर्सिएर सुहाग सँग रमाउनु ।

म बियोगमा छट्पटिदै प्रण त्याग गर्दा खेरी
ब्रत बस्दै स्वामी,सिंन्दुर,सौभाग्यलाई लम्माउनु ।

अन्तिम चोटी तुलसीको पानि मुखमा पर्दा मेरो
तिम्रो चिनो फिर्ता गर्छु मलाई आई संम्झाउनु ।

भरतपुर- 13, गजलकुन्ज चितवन

पलपल आँशु

पलपल आँशु झार्दै, हाँस्ने कतिन्जेल?
भोली-पर्सी गन्दै औँला,भाँच्ने कतिन्जेल?

घामपानीको केको मतलब,ज्यानै गएपनि
बिना संगीत बालुवामा नाच्ने कतिन्जेल?

रित्तै आउने,रित्तै जाने,चलन रहेपनि
बैशाखीकै भरमा जीवन,साँच्ने कतिन्जेल?

भोली-पर्सी गन्दै औँला,भाँच्ने कतिन्जेल?
बिना संगीत बालुवामा नाच्ने कतिन्जेल?

Shubhalaxmi Vehicle
bedraj bastola from solukhambu

स्मृतिका छालहरु

गजल
बिलाएर जान्छ आफै के गर्नु र शीतका कुरा
अंगालोमा कसि गरौ माया अनि प्रीतका कुरा ।

तिम्रो देख्न पाउछु भने खुशि अनि मुस्कानहरु
हारि दिन्छु मैले सँधै तिमि गर्नु जितका कुरा ।

मधुरबोलि ओठमा हाँसो कसो गरि गरुँ बर्णन
तिमिनै हौ मेरो मनको सिर्जना र गितका कुरा ।

आँखा भरि नअटाउने स्मृतिका छालहरु

सुनाउछु रहर अनि नपूगेका धितका कुरा ।

रामकृष्ण "अनयास"
गजलकुन्ज 

पिरतिको मामिलामा हिरासतमा परिछौ रे

गजल

पिरतिको मामिलामा हिरासतमा परिछौ रे
उल्टै उस्को कसुर भन्दै निवेदन गरिछौ रे ।

पत्र काटिन्छ तिम्रो नाममा,अदालतको बयानले
हार्छु मुद्दा भन्दै फेरि सर्वोच्चमै सरिछौ रे ।

हिम्मत जुटाएर कट्घरामा पुग्दा खेरि
सबुत प्रमाण देखाउदै एक्लै आज लडिछौ रे ।

मुद्दा पल्टिन्छ तिम्रो नाममा ,पेटको चिनो देखाउदा
हत्कडी लाग्ने डरले हातमा, वकालत अरिछौ रे ।

जव कानुनि नजरमा "फुच्ची" निर्दोष ठहरिन्छे
एक्कासि सुन्दा खुशिले छाँगा बाट खसिछौ रे ।

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज,चितवन

तिम्रौ कारणले मन आज भाँडिएको हो




तिम्रौ कारणले मन आज भाँडिएको हो
अनियन्त्रित भइ एकाएक छाडिएको हो ।

म त भन्छु अझैपनि केहि बिग्रेको छैन
भन्दिउँला नियतिले नै यस्तो पारीएको हो ।

म ईमान्दार थिए जव तिम्रो यौवन देखेपछि
खोल्दिन भन्दाभन्दै पनि बस्त्र काडिएको हो ।

अबुझ भन्थे तिमि म चरम बिन्दुमा पुग्दा
आखिर उत्तेजना बढ्दा समय सारिएको हो ।

रामकृष्ण पौडेल"अनयास"

मेरै यादले सपनिमा कराउँछ्यौ रे अचेल

*** गजल ***

मेरै यादले सपनिमा कराउँछ्यौ रे अचेल
लेक बेशीं गर्दा गर्दै टोलाउँछ्यौ रे अचेल ।

बिछोडको बियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउँदा तस्बिर हेरी हराउँछ्यौ रे अचेल ।

दोबाटोमा पर्खिएर ओठमा मुस्कान छर्दै बसी
रुदा रुदै मन सानो गराउँछ्यौ रे अचेल ।

भोकै छौ भन्दा सुन्छु, चिन्ता पिरले सताएर
याद र आँसु खालि पेटमा भराउँछ्यौ रे अचेल ।

यो दुःखीको संसारमा तेरो बास भए प्रभु !
भेट गराईदे भन्दै आखिर फराउँछ्यौ रे अचेल ।

रामकृष्ण पौडेल"अनयास"

सल्लाह सुझावको अपेक्षा राख्दछु