Sunday, December 22, 2013

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै

गजल

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै
हेर संसार दौडिएको पछि पछि धनका सबै

आलो घाउमा महंगीले बेला बेला छर्दा नुन
कठै भन्ने कोहि छैनन् आफ्ना आफ्ना पनका सबै

दैब पनि हाँसी बस्छ अभागीको घर जल्दा
मलिन देक्छु मैले आज चेहेरा ति जनका सबै

भोको पेट मर्दा यहाँ धनिकै छ चर्चा अचेल
दया माया देखाउने खै छैनन् यहाँ तनका सबै


रामकृष्ण पौडेल 'अनायास'


No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु