Wednesday, November 21, 2012

उ, भन्दै थिई

हरि किशोर पौडेल

, भन्दै थिई दुनिया हसाउने कुरा नगर्नु I
चोखो मायामा तिमि, फसाउने कुरा नगर्नु I
1
खालि यौटै उखान दोहोर्याउछे-दोहोर्याउछे ;
छोरि पिटेर, बुहारी तर्साउने कुरा नगर्नु I
2
राजा! यस्तै नै हो सबै, खुसी हुन सक्नु पर्छ ;
भो, अब कत्ति आँखा रसाउने कुरा नगर्नु I
3
...
मलाई, कोहि लाग्दैन, सबथोक ठान्छे ;
भन्छे, अन्तै घरबार बसाउने कुरा नगर्नु I
4
तिमि सरकार भयौ भने, यस्तो-यस्तो गर्नु ;
तर, गरिबको घाँटी कसाउने कुरा नगर्नु I
5
ठुला-बडा यहाँ डस्छन, डसी नै रहन्छन ;
तिमि, सापेरो बनेर झन् डसाउने कुरा नगर्नु I

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु