Wednesday, November 21, 2012

जहाँ कही महङ्गि छ


फुच्ची जमुना
जहाँ कही महङ्गि
फुट्पाथ पनि रङ्गि

हिजोको दामासायी हो
आज साहु ' जङ्गि

खै! तिहार 'को हो कि?
जता ततै रङ्गिचङ्गि

मखमलिले बाटो कुर्दै रे
सँगै कुर्ने टिका सप्तरङ्गि

चारैतिर झिलिमिलि देख्छु
तर आफ्नै मन बेरङ्गि

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु