Wednesday, November 21, 2012

कुनै कुनै मन


फुच्ची जमुना

कुनै कुनै मन किन यति निठुर हुन्छ
एकदिन दयावान जरुर हुन्छ

पिरती मामिलामा हिरासत पर्छ जब
तब कानुनी नजरमा कसुर हुन्छ

सबुत खोज्दै हिड्दा धमिराको पोलोभित्र
पाना नभेटेपछि कैद मज्दुर हुन्छ

तारिख झेल्दा झेल्दै थकित भएता पनि
कट्घरामा पुगेपछि महिसासुर हुन्छ

चिच्याउछ,कराउछ,कोलाहल् मच्चाउछ
सबुत बिना कसरी बेकसुर हुन्छ

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु