Saturday, July 27, 2013

तप्प-तप्प अश्रुधारा चुहाएर गयौ

(सवाल जवाफ )

सवाल

तप्प-तप्प अश्रुधारा चुहाएर गयौ
मलाई छाडी त्यै आँसुले नुहाएर गयौ

गुमाउनु पर्दा मुटु पोल्छ भित्र भित्र
तेसै बेला कोमल मुटु छुवाएर गयौ

खुशी हरु एकाएक बिछोडमा भुल्दा खेरि
बेदनाको चर्को पिडा लुकाएर गयौ

नछुट्टिने साइनो हाम्रो छुटायर जादा
जाने बेला टिलपिल आँसु सुकाएर गयौ

रामकृष्ण पौडेल ''अनायास''


जवाफ

बलिन्धारा आँशु खस्यो तिमीसँग छुट्दाखेरी
शरीर पुरै भिज्नपुग्यो आँशुको मूल फुट्दाखेरी

म पनि त वेचैनीमा छटपटिदै बसेकी छु
दुई मुटुलाई छुटाउन सारा समाज जुट्दाखेरी

वेदनाको चर्को पिडा लुकाई जान बाध्य भएँ
विछोडको पलमा सारा खुशीहरु लुट्दाखेरी

आँखाको त्यो डिलबाट आँशु खस्नै लाग्दा पनि
लुकाउन बाध्य भएँ सारा साइनो टु्टाखेरी

C RU Silwal

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु