Wednesday, April 3, 2013

पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा

गजल
रामकृष्ण पौडेल "अनयास"

    पर्खिएर  तिम्रै बाटो हेरी बसेँ  गाउँमा   प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।

गास बास कमाई गरी खाने बाटो छैन देशमा
जानुपर्यो बिदेशीको आखिर आज पाउँमा प्यारा ।

मेला पर्म अईचो पैचो गरी टार्छु बरु छाक
मेरो लागि आफ्नो जिवन नराख न दाउमा प्यारा ।

भाग्यले नै ठगेपछी छुट्टीएर बस्दा हामी
गाउँले पनि नुन छर्छन् गरिबीको घाउमा प्यारा ।

लेख बेशि बनपाखा तिमी आउने बाटो हेर्दै
अभावैमा काटे जीवन सौभाग्यको नाममा प्यारा

गजलकुन्ज भरतपुर-13,चितवन

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु