Wednesday, April 3, 2013

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर


गजल "सवाल"
रामकृष्ण पौडेल "अनयास"

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर ।

आफन्त सबै बैरी नै बन्छन् बिधवा देखदा
आफ्नै लाई टोकी भन्दा नी फेरि नबोल्नु बिर्सेर ।

एक्लै छु भन्दै टोलाउँदै आखिर नबस पिडामा
माथको सिँन्दुर लगाउन फेरि नछोड्नु बिर्सेर ।

धर्म र संस्कार कुरीति अनि यो गाउँको चलनले
नदेलान् लाउन हातको चुरा नफोर्नु बिर्सेर ।

(मेरो र गजलकार फुच्ची जमुना को सवाल जवाफ बिशेष संङग्रह बाट सवाल को गजल )
भरतपुर - 13, गजलकुन्ज चितवन


No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु