Wednesday, April 3, 2013

गजल

गजल
(प्रेम पुष्प दिवस)
रामकृष्ण पौडेल "अनयास"

अन्तिम प्राण सम्म बस्दा आज आखिर हरायौ प्रिय
मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय ।

ढिलै भएपनि हातमा,गुलाफ बोकी आउदा तिमी
सेतो बस्त्र ढाँकी मोठमा,मलाई देखी करायौ प्रिय ।

कति धाउँथे तड्पाउथ्यौ अझै अन्तिम आशा थियो
घमन्डले गर्दा तिम्रौ,यस्तो हालत गरायौ प्रिय ।

दुई अक्षर माग्दा माग्दै प्राण त्याग गर्दा मैले
त्यागमा कति माया रैछ भन्दै आफै डरायौ प्रिय ।

मलाई जलाएर स्वाहाग मनाउनु अर्कै सँग
पुष्यतिथि पारि माथमा सौभाग्य भरायौ प्रिय ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु