Thursday, June 8, 2017

गजल,

तिम्रो र मेरो बाँच्ने एउटै आधार छ
मन मिल्नुपर्छ सपना साकार छ

अरूले तारा अनि जुनको सपना देलान
तिमिलाई सिङ्गो संसार दिने बिचार छ

तिमि जुन सपना देखेर रात बिताउँछ्यौ
यता मेरो आँखामा पनि सबै साभार छ

शहरमा चर्चा हाम्रै प्रेमको चल्दै गर्दा
अनायास सँगै उनि हराएको समाचार छ
रामकृष्ण अनायास,

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु