Monday, August 20, 2018

पथ्थर कुदेर भगवान बनायो

गजल
जसले पथ्थर कुदेर भगवान बनायो
उसैलाई मन्दिरमा प्रतिबन्ध लगायो

हिजो आज जुन चुलोमा आगो बल्नै छाड्यो
बिचरा सरकार त्यसैको धेरै कर बढायो

गरिबको भोटले सिंहदरबार पसेको नेता
गाउँमा बस्ती खाली गर्ने समाचार पठायो

यहाँ कुर्चीमै बसेकाहरु सँग डर छ आज
अपराधि कारागार बस्नु पर्ने कानुन हटायो

देश बनाउछु भनेर डिग्री सकेको छोरो
कठै आज खाडीबाट भिसा मगायो
रामकृष्ण अनायास

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु