Thursday, November 8, 2012

लाग्छ मान्छेलाई ...

Saagar Silwal

बनाबटी नै होस प्रशंसाको भोक लाग्छ मान्छेलाई
झुट्टा संसारमा सत्य सुन्दा जोक लाग्छ मान्छेलाई

आफैलाई फाइदा हुने आलोचना सुन्नुपर्थ्यो
कसैले गर्दा फेरी किन झोक लाग्छ मान्छेलाई

मेहनत नै नगरी सायदै कोही पास भएका छन
जान्दा जान्दै फेल सुन्दा शोक लाग्छ मान्छेलाई

औला दिदा डुडुल्को निलिदीन खोज्ने छन कोही
लोभी मन देखेको सबथोक आफ्नो लाग्छ मान्छेलाई

अमर कोही छैन सधै जिउन जन्मेको झै गर्छन
बाच्न खोज्दा खोज्दै मृत्युको तोक लाग्छ मान्छेलाई  

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु