Thursday, November 8, 2012

देख्न सक्छु र ?

अर्जुन पौडेल, पोखरा
तिम्रो आँखावाट आशुनै झरेको देख्न सक्छु ?
परेलीमा साँचेको माया मरेको देख्न सक्छु ?

आँखा भित्र अनी मुटुमाझ तिमि मात्रै छाउदा
एक्लै छाडेर स्वर्गतर्फ तरेको देख्न सक्छु ?

मेरा पीरव्यथा थाती राखी तिम्रो विदाई पछि
आत्मानै रुवाई लगन गरेको देख्न सक्छु ?

जुनेलीको रात साक्षी राखी बुनेका ती सपना
जीवन्त नवनाई त्यसै टरेको देख्न सक्छु ?

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु