Thursday, November 8, 2012

पुट्ट पुट्ट ट्याम्के..


पुट्ट पुट्ट ट्याम्के भुडी ढल्काउदै हिन्छौ 
कुर्कुरे त्यो बैश तिम्रो झल्काउदै हिन्छौ||
कती राख्छौ अनार दाना लुकाएर आँफै
भ्यात्त झर्ला कुनै दिन गल्काउदै हिन्छौ||
यौबनको पसलमा बैश बेच्न राखी
नौ जवान युवा सारा पल्काउदै हिन्छौ||
जवानीको ताप भित्र आँफै जल्न लाई
चारै तिर अग्नी ज्वाला सल्काउदै हिन्छौ||
यो बैशले साथ छोड्दा त्यती बेला कसम
आँखा बाट मोती दाना छल्काउदै हिन्छौ||

जीतु खड्का गाउले

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु