Thursday, November 8, 2012

पाउँ स्वामी...

Asmi Gm

संधैभरी यसरि नै पाउ छुन पाउँ स्वामी!
हजुरकै दाशी सँधै नाउ हुन पाउँ स्वामी!

अजम्बरी श्रद्दा दिंदै सारा दुख पिडा लिदै
समर्पणले हृदयको पिर धुन पाउँ स्वामी!!

आफ्नो धर्म सस्कृतिको नाज राखी जुनीजुनी
सत्भाब सम्मानले मन दुन पाउँ स्वामी!!

पुजा आज अर्चनामा सम्झी पति परमेश्वर
सरणमा झुकी सारा बह फुन पाउँ स्वामी!!

दोबाटोमा हात थामी बनि सच्चा अर्धांगिनी
हाँस्दा संगै हांसी रुँदा संगै रुन पाउँ स्वामी!!

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु