Thursday, November 8, 2012

घडी धेरै घुम्यो ..


घडी धेरै घुम्यो , बिबाद त्यै बुँदाको होला
उस्ले ताम्रपत्र , मैले छाती छुँदाको होला !!
साथीले चिठ्ठीमा , लेख्य... मुस्कान मीठो तेरो
अँ साँच्ची त्यो तस्वीर , सानु हुँदाको होला !!
ओहो ! यो सुस्केरा,खै निदरी कता हरायो
साहेद यो छट्पटी, उता आमा रुँदाको होला !!
मेटिन्न 'बिरही' ,बस्नुछ यस्लाई तैं सँग
दाग सिरानीको ,तैंले त्यो मन धुँदाको होला !!!

संगिता कार्की "बिरही"
बुटवल-रुपन्देही

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु