Monday, November 5, 2012

सयपत्री फुल्दै होलान..

रामकृष्ण पौडेल "अनयास"

भरतपुर-13, गजलकुन्ज
चितवन
आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान

आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तिज अव
के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान

पोहर साल त्यस्तै भयो अर्को चोटी आउँछु भन्थे
यसपाली आमा वैनी मेरै बाटो कुर्दै होलान

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु