Monday, November 5, 2012

ओहो १ यो कस्तो सपना??????


कथा
 सपना खनाल,भैरहवा

 मलाई सबेरै नीन्दादेबीले छडिन् र म ब्यूझीए । अनि आफ्नै दैनिक कार्यमा लागे । म आफ्नै दैनिक कार्यमा लागीरहेकी थीए । बाहीरबाट कसैले बोलाएको सुने।  को हुनुहन्छ घरमा ?म घरबाट बाहीर निस्कीए । एउटा बृद्घ्र्र्र् महीला , कपाल सेताम्य फुलेकी, उनलाई देख्दा आफ्नोपनको आभास हुन्थ्यो । उनको मुहारमा बीशेष कीसिमको कान्ती थियो ।  मैले भने ‘किन बोलाउनु भएको आमा, केही काम थियो की ? उनले लामो सास फेर्दै भनीन्, ‘घर जान भनी हीडेको, यो उकालो चढ्दा साह्रै थकै र तिर्खा लाग्यो , यसो पानी खान पाईन्छ की भनेर नानी ?’ बस्नूस न आमा , म पानि लीएरु आउछु  भन्देै उनलाई पीढीमा बसाले र म पानी लिन भित्र गए । मैले पानी लीएर आए अनि उनलाई खान दिए अनी सोधे ‘ आमा यो उमेरमा यत्रो उकालो ओरालो गर्दै कहाँ गएर  आउनुभएको ? त्यसपछी उनले भनीन् । मेरा सन्तानले मलाई  साह्रै दुख दीए नानी ? अनौठौ मुद्रामा मैले साधे ‘ के गरे र आमा तपाईका  सन्तानले त्यस्तो ? खै कसरी भनु  मेरा सन्तानले मलाई साह्रै दुख दिए । सानैमा सँग सँगै खेल्ने र एउटा बाट अर्को एकछीनलाई टाढा हुनुपरे रोईहाले म्ेरा सन्तान आज आपसमा लडिरहेका छन् । एउटाले अर्कोलाई चोट पुर्याएर रमाईरहेका छन् , यिनीहरुकै सद्बुद्घी आओस भनि भगवान सँग प्राथना गर्दै चार धाम पुगेर आए नानी म त । मैलेसोधे ‘आमा तपाईको घर कहाँ हो र तपाईका सन्तान कती छन् ? उनले हातले देखाउदै भनीन् ‘ उ त्यो हिमाल पारी हो मेरो घर । अनी मेरा त २ करोड ६० लाख भन्दा पनी धेरै सन्तान छन् । फेरि मैले सोधे ‘ तपाईलाई गाउमा के भनी बोलाउछन्? नेपाल आमा भन्छन् नानी मलाई । ल त नानी म पनी जान्छु अब भनिन् र जान लागीन् र मैले बोलाउन थाले । ‘आमा ,नेपाल आमा , ’ यती के भन्दै थिए म कहीबाट तल खसे , यसो हेर्छु त खाट बाट भुईमा खसेकी रहेछु । अनि पो मलाई आभाष भयो , यो त सपना पो रहेछ । ओहो १ यो कस्तो सपना ???????    

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु