Tuesday, September 18, 2012

पर्खाइमा छु


नेत्र रज श्रेष्ठ
दोलखा लकुरी डाँडा ओखरबोट

आउछौ भन्ने आस छैन तेहिनी पर्खाइमा छु
खै मन्मा बास छैन तेहिनी पर्खाइमा छु

पल पल्मा सम्झी राखेको अनि भेटेको छु
भेट्न कुनै खास छैन तेहिनी पर्खाइमा छु

रिस उठ्यो झर्किय अनि थर्किय आफै आफै
छुट्ने कुनै त्रास छैन तेहिनी पर्खाइमा छु

मुटु भरिको माया उनैलाई दियको छु
मेरो मायामा कुनै ह्रास छैन तेहिनी पर्खाइमा छु

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु