Sunday, September 23, 2012

आफ्नो डोली आज आफै


रामकृष्ण पौडेल "अनयास"

आफ्नो डोली आज आफै पराईलाई आन्माउनु
ठुलो घरमा सुखी संसार उस्कै सन्तान जन्माउनु

समाजले केही गरि दोषि तिम्लाई ठान्यो मने
मेरै बद्नाम गरि आखिर नाम तिम्ले कमाउनु

सँगै ज्युने मर्ने वाचा ,कसम सवै तोडेपनि
अतित सारा बिर्सिएर सुहाग सँग रमाउनु

बियोगमा छट्पटिदै प्रण त्याग गर्दा खेरी
ब्रत बस्दै स्वामी,सिंन्दुर,सौभाग्यलाई लम्माउनु

अन्तिम चोटी तुलसीको पानि मुखमा पर्दा मेरो
तिम्रो चिनो फिर्ता गर्छु मलाई आई संम्झाउनु

भरतपुर- 13, गजलकुन्ज चितवन

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु