Saturday, September 22, 2012


मायाको वदलामा घात दिउ कसरी,
अवुझ यो समाज हात दिउ कसरी

मुटु भरी माया अनि आँखा भरि आँशु बोकी,
चोट माथी चोटको खात दिउ कसरी

पूर्णिमाको टह-टह जुन माग्यौ तिमीले,
निसासिदो कालो यो रात दिउ कसरी

वाध्यता रहेछ जीन्दगी विवस्ता मा जीएकिछु,
तिमि आफै भन प्रिय साथ दिउ कसरी

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु