Saturday, September 22, 2012

मैले के देखे


आजा राती सपनीमा तिमीलाई देखे
जाँदै थियौ पधेरीमा बाटो तिम्रो छेके

सन्चैछौ कि बिसन्चो मैले के देखे
रूँदै थियौ मझेरीमा बाटो तिम्रो छेके

तिमी देखि कोसौ टाढा मैले के देखे
अनायसै अधेरीमा बाटो तिम्रो छेके

बताईदेउन देविदेउता मैले के देखे
किन होला निदरीमा बाटो तिम्रो छेके।

सनम गोले
मकवानपुर
हाल मलेशिया

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु