Saturday, September 22, 2012

यस्तो गजल लेखौँ


हराएको शान्ति खोज्ने यस्तो गजल लेखौँ |
समाजका हिंसा रोक्ने यस्तो गजल लेखौँ |

सधैँभरि दाजुभाईमा मित्रभाव बढाई ,
एकताको सन्देश बोक्ने यस्तो गजल लेखौँ |

छैन कोही सानो ठुलो नेपाली हौँ हामी ,
समानतामा सधैँ जोख्ने यस्तो गजल लेखौँ |

जागी उठी युवा शक्ति देशको सिमानामा ,
स्वाभिमानका किला ठोक्ने यस्तो गजल लेखौँ |
यो राष्ट्रका हरेक जनलाई हाम्रो गजल सुनाई ,

राष्ट्रप्रित मनमा रोप्ने यस्तो गजल लेखौँ |
नमस्ते सबैमा सुभ पलको कमाना गर्दछु |

टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-
मोरंग ,

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु