Saturday, September 22, 2012

आँगनीमा डोली


"गजल"
आँगनीमा डोली, अन्माउनु प्रिया॥
पराईको हात, समाउनु प्रिया॥

एक्लो जिवन , बिताउँला यहाँ॥
घरजम तिमी, जमाउनु प्रिया॥

दिएका ति मैले, उपहार जति॥
पोको पारी सबै, थमाउनु प्रिया॥

जिती सँधै भरि, मलाई हराई॥
समाजमा नाम, कमाउनु प्रिया॥

सँगै बिताएका, पलहरु भुली॥
आफ्नै सँसारमा, रमाउनु प्रिया॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम 


No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु