Wednesday, August 3, 2016

गजल

समयले रातारात महलमै पुर्याउछ फकिर लाइ पनि
कमाउछन् रमाउछन् सडकमै पुर्याएको देख्छु अमिर लाइ पनि


बा आमाको सम्पत्ति देखाएर साहुको पैसामा मोज गर्दा
जव लगान भर्न थाल्छ दोष देखाउछ आफ्नै तक्दिर लाइ पनि


दुध चढाउदैमा भगवानले कहाँ तथास्तु भन्थे र बरा !
तव गालि गर्न थाल्छ मान्छे मुर्ति अनि मन्दिर लाइ पनि


उस्ले कहिल्यै सोचेन भोलिको दिन उदाउछ भनेर
देख्ने कोशिस नै गरेन आफ्नै अगाडिको मन्जिल लाइ पनि


रामकृष्ण अनायास

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु