Wednesday, September 12, 2012

खुशी छु म

अर्जुन पौडेल, पोखरा

फूलै फुलको थुँगा पाएर खुशी छु  
नतोडिने कसम खाएर खुशी छु

गोधूली साँझमा घामको पाईला खोज्न
मायालुको वस्तीमा धाएर खुशी छु

तिम्रै निम्ती कोरिएका सुन्दर गजल
मन्दमन्दमा आफै गाएर खुशी छु

सारा वन्धन हटाई मनको पीडा मेट्न
जूनीभरको माया लाएर खुशी छु ♥♥

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु