Saturday, September 15, 2012

तिमी हाँस जिन्दगीभर



तिमी हाँस जिन्दगीभर पूजा गरी बसौंला
सुख पाउन महल ताक्यौ खरानि नै घसौंला

यो गरिबको माया अनि तिम्रो सुहाग दाँज्यौ भने
मलाई भन्नु के फरक मन बुझाउन हाँसौंला

यो जुनीमा आफनो भैनौ आँगालोमा ज्यूनु उसको
सँगै मिली सार्यौ पिपल छाडिान भन्दै भाचौला

अन्तिम इच्छा फूल आँसु मेरो लासमा चढाइदिन
तिनै फूल तिम्लाई दिन अर्को जन्म साँचौला

लासमा कात्रो ओढाउदा शंख फुकी नाँच तिमी
अन्तिम पटक हेर्छु अनि आफनै चिता कसौंला

रामकृष्ण पौडेलअनयाँस

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु