Saturday, September 15, 2012

मेरोलागि भोकै




मेरोलागि भोकै बसी ब्रत कति बस्छ्यौ प्रिया
भोकाएको पेटलाई अझ कति कस्छ्यौ प्रिया

भयो अब छाड तिमी कति गर्छयौ दुःख सधै
मन भित्र बसेकि छ्यौ अझ कता पस्छ्यौ प्रिया

साथ तिम्रो पाएकै छु त्यसमाथि ब्रत बसी
मायाका ति तिरहरु अझ कति धस्छ्यौ प्रिया

एक् अर्काका परिपूरक हामी यसै भएका छौं
ब्रत बसि फेरी किन दुःखमा नै फँस्छ्यौ प्रिया

'नीरस' यो कायल पाई तिम्रो माया यसै
अझ फेरी मायाले नै कति धेरै डस्छ्यौ प्रिया

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु