Saturday, September 15, 2012

साहु



नउदाउँदै घाम बिहान खाता बोकी आउँछ साहु
गैरी खेत लैनो भैँसी महंगो ब्याज लाउँछ साहु

बाँच्नै गाह्रो के गरौ खै, बन्दकी नै राखे धितो
झिसमिसेमै सानो झुप्रो असुल्नलाई धाउँछ साहु

कस्तो दिन जन्म दियौ काल पनि आउदैन खैँ
मरिमेट्ने हामी अनि, हाम्रौ कमाई पाउँछ साहु

हातमुख जोर्ने एक गास, बास नभई मर्दा पनि
मोरे पाउँथे जाए जेथा, भन्दै आज रमाउँछ साहु

कति दुःख दिन्छौ प्रभु अभागि लाई अघिपछि
थप्नु पर्छ ऋण मर्दा, अझै धेरै कमाउँछ साहु


रामकृष्ण पौडेलअनयाँस
भरतपुर - १३, चितवन


1 comment:

सल्लाह सुझावको अपेक्षा राख्दछु