Saturday, September 15, 2012

संरक्षण (लघुकथा )

--अरुणबहादुर खत्री “नदी”  
सामाखुसी, काठमाडौं
फोन ४३५३५९४
वन मन्त्रीले एउटा गोष्ठीमा भाग लिन जाँदा आफूले मञ्चमा उभिएर भाषण गर्दा “हामीहरुले वनजंगल आफूले पनि मास्न हुंदैन र अरुलाई पनि मास्न दिनु हुँदैन, जनावरहरुको पनि स्याहार संभार गर्नुपर्छ” भनेर बोलेको कक्षा सातमा पढ्दै गरेको रमेशले ध्यान दिएर सुन्न पुगे । मन्त्रीको यो भनाइलाई रमेशले घरमा गएर आफ्नो बाबुलाई “थाहा छ बुबा, आज मन्त्रीले हामीहरुलाई वनजंगल आफूले पनि मास्न हुंदैन र अरुलाई पनि मास्न दिनु हुँदैन, जनावरहरुको पनि स्याहार संभार गर्नुपर्छ भन्नु भएको मैले राम्रोसंग सुने” भन्न पुगे । त्यस्ता नेता मन्त्रीहरुको भनाइ तैंले पत्याउछस् कि क्या हो १ तिनै नेता र मन्त्रीहरुले वनजंगल मासेर वनजंगलमा हतियार लगी जनावर मार्छन् भन्दै रमेशको बाबुले छोराको खिल्ली उडाए । त्यसो भए बुबा हामीहरुले वनजंगल मास्ने र जनावरहरुलाई शिकार खेलेर मार्ने बिरुद्ध कडा कारवाही गर्नु प¥यो भनेर सडकमा गएर बिरोध गरौं न त छोरा रमेशले आफ्नो बाबुसंग भने ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु