Friday, June 14, 2013

दिन्न झुटो संसार अब

गज़लकुञ्ज

सक्दिन म सुन चाँदीले भोरिएको डोली ल्याउन
माया दिन्छु नभन है टल्किने त्यो चोली ल्याउन

मन मुटु दिन सक्छु दिन्न झुटो संसार अब
माया भोर्न तयार छु खाली झोली ल्याउन

आदि गास बस्ने झुप्रो जसो तसो जोडौला भो
आतुर छु म सिउदो भर्ने सिन्दुरको होलि ल्याउन


रामकृष्ण पौडेल ''अनायास ''

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु