Wednesday, June 4, 2014

नजर पक्कै लागेको होला


रामकृष्ण पौडेल ''अनायास''

मलाई मेरा यारहरु ले सोधिरहेका छन् सानु
तिम्रो र मेरो सम्बन्ध खोजिरहेका छन् सानु

समाजलाई यस्तो उत्तर दिनुछ अब कोहिबोल्न सक्ने छैनन्
ठुलै अपराध गरिस भन्दै दोषीरहेका छन् सानु

कोहि गाउँनै छाड् भन्दै थिए कि त भित्त्त्रा भन्दै थिए
निर्णय सुनाईदेउ तिम्ले एउटा रोजीरहेका छन् सानु
यो पबित्र मायामा नजर पक्कै लागेको होला
आफु जलेर हाम्लाई आगो झोसीरहे छन् सानु

सत्यले सधै जित्नेछ त्यसैले ढुक्क थिए म त
ईत्यालु हरुले आज खुट्टा ढोगीरहे छन् सानु 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु