Tuesday, April 9, 2013

तिम्ले घुम्टो ओढ्दा खेरी

*** गजल ***

तिम्रो बिहे मेरो मरण छिट्टै हेर्ने तयारि छ 
तिम्लाई जन्ति मलामीले मलाई घेर्ने तयारि छ ।

सिरमा सिँन्दुर रातो साडी तिम्ले घुम्टो ओढ्दा खेरी
मोठमा राखि मलाई सेतो, बस्त्र फेर्ने तयारि छ ।

सुन चाँदी फूलमालाले तिम्रो डोली रंगाउदा
रामनामी ले अब मेरै शरिर बेर्ने तयारि छ ।

नौमतिमा सजाएर पराईले लादा उता 
शंख फुक्दै यता आखिर बाटो केर्ने तयारि छ ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज ,भरतपुर चितवन

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु