Thursday, May 23, 2013

बुद्ध भारतलाई बेच्दैछन् /



रामकृष्ण पौडेल "अनायास"

सरकार ढाल्न सडकमा राँके जुलुस बाल्दैछन् रे
बिपक्षिदल मिल्दै आखिर शासन सत्ता ढाल्दैछन् रे ।

जुन जोगी आएपनी सबै उस्तै बस्त्र भिरि
जन्ता मारी आफ्नै झोली भोर्ने चाल चाल्दैछन् रे ।

पुर्व सिता पश्चिम बुद्ध भारतलाई बेच्दै आखिर
आफ्नो ईज्जत धोति टोपी बिदेशीलाई फाल्दैछन् रे ।

कति का काख रित्याईदिए उजाडपारे बस्ति सारा
लाज नभै गाउँ आउने अभियान थाल्दैछन् रे ।


गजलकुन्ज,भरतपुर

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु