Tuesday, July 16, 2013

मेरो प्राण मेरो भाग्य अनि अन्तिम स्वाहाग तिमि

गज़ल

बाचा कसम बिर्सिएर पईला कता मोड्यौ आज
रहर सारा पुर्याएर बिच बाटोमा छोड्यौ आज /

तिम्लाई चोट लाग्दा खेरि मलाई दुक्छ भन्थौ हिजो
कुन दैबको आँखा लाग्दा सम्बन्धलाई तोड्यौ आज /

तिमि बिना मेरो जिबन एकपल बच्न सक्दिनथे
भन्थ्यौ आखिर पराई संग नाता किन जोड्यौ आज /

मेरो प्राण मेरो भाग्य अनि अन्तिम स्वाहाग तिमि
भन्दै गर्दा पराईको घुम्टो तिमि ओड्यौ आज /

म बियोगमा तड्पीएर छट्पटिदै मर्न लाग्दा
बेहुली बनि कोमल पाउले कस्को दियो फोड्यौ आज

रामकृष्ण पौडेल ''अनायास''
भरतपुर - १३,गज़लकुञ्ज

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु