Tuesday, November 27, 2012

तिमी सँगै हराउदा,

रत्न शमशेर थापा 'निर्दोषी' 
गजुल रोल्पा

तिमी सँगै हराउदा, रात मिठो बन्दै गा'
मुस्काउदै बोल्ने तिम्रो, बात मिठो बन्दै गा' !!

बेहोशीले जेल्दो रैछ बैश चढ्दै गएपछि
उमङ्गले जवानिको, मात मिठो बन्दै गा' !!

कसरी भुलुँ सानु यति मिठा क्षणहरु,
मन साट्ने यो मायाको, जात मिठो बन्दै गा' !!

अङ्गालोमा बेरिएर आफ्नो हुने चाहानामा ,
अङ्ग अङ्ग सल्बलाउने, हात मिठो बन्दै गा' !!

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु